इन्द्र जात्रा

indra

‘वल वल … !
ला छकु व्येक समयबजी !’

अर्थात,
आयो आयो … !
एक टुक्रा मासु आउने गरी समयबजी !

समयबजी : एक प्रकारको नेवारी खाजा जसमा चिउरा, भुटेको चिउरा, मासु , साग, केराउ, सिमि, कालो भटमास, अण्डा, अदुवा, लसुन मिसाएको

परम्परागत रुपमा हिजो सुनाकोठीमा इन्द्र जात्रा मनाइयो । यस पर्वको चार दिन अडाडि नै विभिन्न लाछी, टोलहरूमा इन्द्रको मुर्ति काठको खम्बामा गाडीन्छ  र इन्द्र जात्राको दिन त्यसको विधिवत पूजा गरी समयबजी भक्तजनहरूमा प्रसाद सोरुप प्रदान गरिन्छ ।

तर प्रत्येक घर-घरबाट समयबजी दिदा खोसिएर नै लिनुपर्ने चलन गर्दा समयबजी लिन तछाडमछाड गरी समयबजी खोसिन्छ । यो दृष्य साह्रै नै मनोरञ्जन हुन्छ ।

Samaybaji indra indra indra
samaybaji indra indra